Need Help ?
Call: +977- 099521224

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा स्वागत छ !!!

कन्चनपुर जिल्ला सुदुर पश्चिमान्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलको सदरमुकामको रुपमा रहेको तराईको एक मात्र जिल्ला हो । यस जिल्लाको पुर्वमा कैलाली,उत्तरमा डडेल्धुरा र दक्षिण तथा पश्चिममा  भारतको उत्तरान्चल राज्य अन्तरगतका विभिन्न भु–भागहरु पर्दछन । यो जिल्ला २८ं ३२’ उत्तरी अक्षासं देखि २९ं ८’ उत्तरी अक्षास  सम्म र ८०ं ०३’ पुर्वी देशान्तर  देखि ८०ं ३३’ पुर्बी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको कुल क्षेत्रफल १,६०० बर्ग किलो मिटर रहेकोछ । यस जिल्लाको धरातलीय उचाई हेर्दा समुद्र सतहको  १७६ फिट (परासन गा.वि.स.) देखि  १,५२८ फिट (झलारी गा.वि.स.) सम्म रहेको देखिन्छ । जिल्लाको औषत लम्बाई ४४ कि.मि. (पुर्ब पश्चिम) र चौडाइ ३४ कि.मि.( उत्तर दक्षिण) रहेको छ । यस जिल्लालाई सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको  पहाडी जिल्लाहरुको अन्न भण्डारको रुपमा पनि मान्न  सकिन्छ ।

नेपालको सुदूरपश्चिमाञ्चल विकासक्षेत्र महाकाली अञ्चल अन्तर्गत पर्ने सुदूरपश्चिमी तराईको जिल्ला हो। यसको पूर्वमा कैलाली जिल्ला , पश्चिम तथा दक्षिणमा क्रमशः भारतको उत्तराञ्चल प्रदेश र उत्तरप्रदेश एवम उत्तरमा डडेल्धुरा जिल्ला पर्दछ । नेपालको नयामुलुक भनेर चिनिने चार जिल्ला मध्ये कञ्चनपुर पनि एक हो। यो जिल्लामा चार निर्वाचन क्षेत्र , एक नगरपालिका र १९ वटा गाविस रहेका छन्। यस जिल्लामा ७ वटा श्रोतकेन्द्र,२६२ सामुदायिक विद्यालय र १४८ संस्थागत विद्यालय गरी कुल जम्मा ४१० रहेका छन। त्यसै गरी प्राविमा १२०९ , निमाविमा ४०३ र माविमा २८६ वटा शिक्षक दरवन्दी रहेका छन। Flash I २०६८ अनुसार कुल विद्यार्थी संख्या १२०६१६ रहेको छ।यसै गरी यस जिल्लामा २०६७।२०६८ सम्म २७ वटा विद्यालयहरु समुदायमा हस्तान्तरण भएका छन भने ४ वटा विद्यालयहरु वहुभाषिक विद्यालयको रुपमा संचालित छन । सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गरी सबैलाई साक्षर गराउने नेपाल सरकारको उद्येश्य पूरा गर्नका लागि जिल्लास्तरीय शैक्षिक संगठनमा जिल्ला शिक्षा कार्यालयले शैक्षिक नेतृत्व प्रदान गर्छ। सबैका लागि शिक्षा तथा माध्यमिक शिक्षा सहयोग कार्यक्रमको सफल कार्यान्वयत पश्चात हाल विद्यालय शिक्षाको संरचनात्मक सुधार सहित शैक्षिक विकासका लागि विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनमा रहेको छ।